जुन समाजमा पुस्तकहरु अधिक पढिन्छन्, त्यस्तो समाज प्राकृतिक तवरले विकासको गतिमा होमिने गर्दारहेछन् । देवकोटाले भनेथे नेपालमा जताततै होनहार मानिस छन् । तर अशिक्षित छन् । न्यूटन र आइन्सटाइन हुन सक्दासक्दै पनि वेप्रगति र दुःखी छन् । यसो हुनुमा मानिसले पुस्तक नपढिदिनु पनि एक मुख्य कारण हो ।
यहाँको समाजले पुस्तक पनि जीवनयापनको एक विशेष माध्यम हो भन्ने ठान्ने गरेका देखिएको पाँइदैन ।
हामी नेपालमा भएका स्तरीय लेखक सर्जकका गहिरा कामलाई विश्वभर छर्ने प्रयास गर्दैछौँ । साथै विश्वभरका लेखक, सर्जक तथा वौद्धिक वर्गलाई पनि नेपालमा ल्याएर लेखन, सम्पादन, डिजाइन र छपान गर्न उत्प्रेरित गराई देशमा प्रकाशन सम्बन्धि व्यवसायलाई उच्च स्तरको रोजगारी सिर्जना गर्ने उद्योगका रुपमा स्थापित भएको देख्न चाहन्छौँ । साथै पुस्तक प्रकाशन व्यवसायलाई विदेशी मुद्रा आर्जन गर्ने पेशा बनाउनतर्फ काम गर्न हामी सबै व्यवसायीसँग हातेमालो गर्न अनुरोध गर्दछौँ ।
नेपाल जस्तो सुन्दर, मनोरम र प्राकृतिक वरदानले भरिपूर्ण देशमा पुस्तक प्रकाशन गर्ने सबैखाले स्वदेशी र विदेशी व्यवसायिक वर्गलाई यहाँ निमन्त्रणा गर्दछौँ । व्यापार र यसका वृद्धिका विविध पक्षहरुलाई अन्तर्राष्ट्रिय स्तरमा विकास भएको देख्न चाहन्छौं । यसो हुँदा सिर्जनाका यस क्षेत्रले देशमा रोजगारी आदिको विकास गरेको÷गराएको देख्न भोग्न चाहन्छौ ।
यी सबै यावत विषयहरुमा तपाँईहरुसँग सहकार्य गर्ने भनेर हामीले सोसाइटी बुक्सलाई काठमाडौँमा पनि स्थापित गराएका हौंँ । हामी यहाँहरुसँग आगामी लामो अवधिसम्म सहकार्य गर्न उद्यत रहेका छौं । धन्यवाद् ।
कृति : याद हराएको मान्छे
विधा : जीवनी/गुञ्जित गीति संगालो
लेखक : होम परिवाग ©
प्रकाशक : सोसाइटी बुक्स् नेपाल (नेपाल बूक्स पुब्लिशर्स प्र.लि. को एक प्रछाप - २०७९ )
प्रथम प्रकाशक : रत्न पुस्तक भण्डार,
ISBN: 978-9937-1-3519-1
प्रथम संस्करण : जेष्ठ, २०४८ (प्रतिः 1100)
Market Price: Rs. 650
कृति : यात्राहरु नारायण गोपालका
विधा : जीवनी/गुञ्जित गीति संगालो
लेखक : होम परिवाग
प्रथम प्रकाशक : रत्न पुस्तक भण्डार,
प्रथम संस्करण : जेष्ठ, २०४८ (प्रतिः 1100)
Market Price: Rs. (1 प्रतिः 499),
(2 प्रतिः 700)