Our Company

पुस्तक लेखौ । पुस्तक पढौँ । पुस्तक किनौं । पुस्तकमा रमाऔँ ।
सभ्य, सक्षम र विकसित बनौं ।

सोसाइटी बुक्स् नेपाल

सोसाइटी बुक्स् नेपाल बुक्स् पब्लिर्शस् प्रालिको एक प्रछाप हो । प्रछापलाई अंग्रेजीमा imprint भनेर जानिन्छ । पुस्तक लेखन प्रकाशन र छपाइ तथा पुस्तक सम्बन्धि विषयमा गरिने यावतः कामहरु विश्वभर नै चिन्तन र सोचको सिर्जना गर्ने, मानिसलाई चेतना र ज्ञानको वृद्धि गर्न सहयोग गर्ने र यस क्षेत्रमा व्यवसायिक भएर लाग्ने सबैलाई उच्चकोटीको रोजगारी र जीवन यापनको सु–अवसर दिने व्यवसायको रुपमा यस क्षेत्रलाई लिइन्छ ।

विकसित, सभ्य र आर्थिक र राजनीतिक क्षेत्रमा उच्चकोटीको स्थान हासिल गर्ने गरेका 'विकसित’ र 'सभ्य’ देशमा पुस्तक सम्बन्धि हरेक खालका व्यवसायलाई उनीहरुको सभ्यताको द्योतक मात्र मानिदैन, रोजगारी सिर्जना गरेर, व्यवसायलाई संलग्नहरुले आवश्यक र ठ्ठिक मात्रा कर तिर्ने हुनाले र देश र क्षेत्रको अर्थतन्त्रको हिस्सा ठुलो मात्राले सहयोग पु¥याउने हुनाले यस व्यवसायलाई अर्थतन्त्रको एक धरोहरको रुपमा लिइन्छ । यस क्षेत्रमा संलग्न सबैले रोजगारीको अवसर पाउनुको साथसाथमा यस क्षेत्रमा संलग्न सबैले सिर्जना गर्ने विज्ञान, प्रविधि र अर्थतन्त्रको हरेक मामलाले यस क्षेत्रलाई समाजको एक वलिष्ट र विशेष उद्योग र शक्तिको रुपमा लिइन्छ ।

पुस्तक प्रकाशनको व्यवसाय केवल ।।।लेखक’ हरुले लेख्नु÷टाइप गर्नु र छापाखानाले छाप्नुु मात्र होइन । नदेखिदो पारामा यस क्षेत्रले कम्तीमा पनि एक दर्जन उद्योग–उपउद्योगहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा टेवा र सहयोग पु¥याउने काम गरेको हुन्छ । अन्ततः पुस्तक प्रकाशनको व्यवसाय ।।।रोजीरोटी वा दाल भात।।। खाने अर्थात् अर्थतन्त्रको धरोहर मात्र नभई यो व्यवसाय वास्तवमा ।।।सिर्जना’, ।।।कला’ र ।।।विचार’ तथा ज्ञानलाई उत्पादन गर्ने, सिर्जना गर्ने, परिचालन गर्ने र मानिसलाई जीवनमा हरेक पल आवश्यक पर्ने ।।।वौद्धिक।।। खुराक प्रदान गर्ने एक विशिष्ट र भरपर्दो माध्यम हो । यसले मानिसलाई चेतनात्मक रुपमा जन्म दिन्छ, विचारको रुपमा परिचालित गर्छ र ज्ञानको रुपमा समस्याहरुलाई समाधान दिन्छ । तिर्नेलाई लेखक÷साहित्यकार÷कलम कर्मीले लेख्ने गर्छन् , कलाकार आदिले साजसज्जा गर्छन्, छापाखानाले छाप्छन्, वितरकले ठाउँ–ठाउँ पु¥याउँछन् र व्यापारीले विक्री गर्छन् र स्वतस्र्फूतः रुपमा यसले समाजमा मानिररलाई औद्योगिकतातर्फ, ज्ञान र विचार र अर्थतन्त्रतर्फ परिचालित गर्छ । पुस्तक र प्रकाशन व्यवसायले सानै सानै मानिसलाई सिर्जनशील, चेतनशील, ज्ञानवान, विचारशील र पौरखी र सम्पन्न हुन सहयोग गर्छ । आज विकसित भनेर मान समान दिइने सबै समाजको झइ नबुझिएका रहस्यको पनि खूद ।।।रहस्य।।। वास्तवमा पुस्तक नै हो । यही व्यवसाय हो ।

पुस्तकलाई आवश्यक पर्ने शब्द र तिनका सिर्जना नभई न कला सिर्जना हुन्छ, न अवाज ।।।संगीत’ न ।।।विज्ञान र प्रविधि’ न भावना र न विचार नै सिर्जना हुन्छ ।

सोसाइटी बुक्स, काठमाडौँले लेखन र पुस्तक तथा तिनका प्रकाशन मार्फत् समग्र समाजको उत्थान गर्ने पवित्र अभिप्राय निश्चिन्त छ । नेपालको भ–ू भाग, जनसंख्याको आकार प्रकार हाम्रा प्रकाशनको आर्थिक तोड सार्ने हुन सक्छ–तर विचार र कलाको तोड।।। विहंगम र विश्वव्यापी हुने हुन्छ । सानै भए पनि स्वीटजरल्याण्ड र सिंगापुरले विश्वलाई विज्ञान, प्रविधि, अर्थतन्त्र, व्यवस्थापनका पक्षको हदमा ठूलो हुन सक्छ भने ।।।नेपाल।।। सानै भए पनि यिनका वैचारिक र ।।।सिर्जनात्मक’ क्षमता सानो नै छ’ भने हामीलाई लागेको छैन । अतः हाम्रो दुरदर्शन नेपाललाई विचार र कलाको विश्वभर प्रभाव पु¥याउँन सक्छौँ भन्नेको भीमकाय जिजिविशासँग हाम्रो मान्यता ले सम्बन्ध गाँसेको हुनाले हाम्रा प्रयास सानो र यिनै हुन पुगेमा पनि समाजका यावत कुरीति र पछौटेपनको वावजूद हामी ।।।विचार’ ।।।सिर्जना’ र रोजगारी तथा अर्थतन्त्रको सानो सहयोगीको रुपमा पुस्तकहरु छाप्न छपाउन, विक्री वितरण गर्न,

पुस्तकहरुमा आविष्कारहरु सिर्जना गरी यस क्षेत्रमा लागी पर्न तत्पर छौँ । तपाँईको सिर्जना, सम्पर्क, सहयोग, सदीच्छा र सहभागिता हाम्रा लागि पनि त्यतिकै महत्वपूर्ण छन् ।

व्यवसायिक रुपमा हाम्रा प्रकाशनका विषयहरु साहित्यमा कविता÷पद्य का पुस्तकहरु, फिक्शन तथा असाहित्यिक विषयहरुमा कसरी र किन भन्ने विषयका पुस्तक÷पुस्तिकाहरु, ।।।वौद्धिक र विचारवान पुस्तकहरु’, सामाजिक चेतना सदभाव र ।।।सदवुद्धि’ फैलाउने विषयका पुस्तकहरु र ।।।आध्यात्मिकता र शाति तथा अमन चयन’ फैलाउने पुस्तकहरुलाई प्रकाशनको ग्राहयतामा राख्ने योजना गरेका छौँ ।

हाम्रा पुस्तकहरु स्वभावतः नेपाली र अंग्रेजी तथा विश्वका अन्य भाषाहरुमा अनुवाद गरिएका पुस्तकहरुलाई क्रमिक रुपमा प्रकाशन गर्ने योजनमा दत्तचित छौँ ।

समाजमा लेखन पेशालाई आफ्नो जीवन बनाउन उद्यत रहेका सिर्जनशील, पौरखी लेखक÷सर्जकका सिर्जनालाई स्वीकार गरी, अनुवाद गरी प्रकाशन गर्ने हाम्रा योजना र उद्देश्य रहिआएको छ ।

नेपालमा छपाई उद्योगमा प्रयोग हुने अधिकांश मेशिन, सामग्री र साधन तथा माध्यम र उपकरण विदेशी रहेका छन् । सो कारणले गर्दा पनि नेपालमा विश्वका अरुलाई मुद्रण र छपाई व्यवसायलाई सहयोग किन नगर्ने भन्ने पनि हाम्रो व्यवसायको मान्यता रही आएको छ ।

सारांशमा हामी र हाम्रो समूहले लेखन र सिर्जनशीलताका सबै विषयहरुमा पुस्तक प्रकाशन गर्ने उद्देश्य राख्दछ । अल्पकालीन समय हामी भर्खर काठमाडौँमा स्थापित भएका छौँ । मध्यकालीन र दीर्घकालीन समयको माहौलमा हामी तपाँईहरुसँग, हाम्रा पाठक तथा प्रकाशन सबन्धि सबैखाले व्यवसाय र उद्योग सँग राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा काम गर्दै गइरहेका हुने छौँ भन्नेमा यहाँहरुसँग हातेमालोको विश्वास व्यक्त गर्न चाहन्छौँ ।