व्यवसायिक रुपमा हाम्रा प्रकाशनका विषयहरु साहित्यमा कविता/पद्य का पुस्तकहरु, फिक्शन तथा असाहित्यिक विषयहरुमा कसरी र किन भन्ने विषयका पुस्तक/पुस्तिकाहरु,'वौद्धिक र विचारवान पुस्तकहरु’, सामाजिक चेतना सदभाव र 'सदवुद्धि’ फैलाउने विषयका पुस्तकहरु र 'आध्यात्मिकता र शाति तथा अमन चयन’ फैलाउने पुस्तकहरुलाई प्रकाशनको ग्राहयतामा राख्ने योजना गरेका छौँ ।
तपाँई लेखक, साहित्यकार र सर्जक हुनुहुन्छ भने हामी तीन प्रकारले तपाँईका रचना/सिर्जनालाई प्रकाशनको ग्राह्यतामा राख्दछौ ।
चलन चल्ती (१५% – ८५% आधार) तपाँईको सिर्जना, पुस्तक लेखन अत्याधिक उच्च स्तरको छ र सोलाई 'अनुवाद’ गरी अन्य भाषामा पनि प्रकाशन गर्न योग्य छन् वा 'कला’, 'सिर्जना’, 'विचार’ र प्रगतिलाई विश्वस्तरमा पुर्याउँन योग्य छन् भने त्यस्ता पुस्तकलाई 'क’ वर्गको आधारमा प्रकाशन गर्न हामी ललायित हुने हुने छौँ । यस स्थितिमा हामीलाई तपाँईको पुस्तक/सिर्जनाका ३(तिन) च्याप्टरलाई शुरुमा हेर्ने/अध्ययन गर्ने छौँ । त्यसमा तपाँई सफल हुनु भएमा हामी तपाँईलाई करारको व्यवस्थापन गर्नेछौँ । साथमा 'बैना’ वा 'एडभान्स’ के कति दिन सकिन्छ सो बारेमा हामी तपाँइ सँग छलफल गरी एक सहमतिमा पुग्न हाम्रो 'बोर्ड’ सँग प्रत्यक्ष भलाकुसारी गर्नेछौँ । प्रकाशनको अवसरमा दिने 'बैना’ दिने वा नदिनेमा बोर्डको निर्णय अन्तिम हुनेछ । सो पश्चात् दुवै पक्षबाट प्रकाशन गर्ने सहमति उत्पन्न हुँदा सो अवसरमा 'लेखक’ र 'प्रकाशक’ बीच एक आवधिक करार सम्पन्न हुनेछ । सो पश्चात् तपाँईको लेखन पूर्ण भएको पुस्तकका प्रकाशनका लागी आवश्यक पर्ने हरेक कृयाकलापमा हामी यथाशिघ्र लाग्ने छौँ । पुस्तक प्रकाशनका गृहकार्यमा आवश्यक पर्ने गतिविधिमा तपाँईको सहकार्यको अपेक्षा हुनेछ । 'करार’ प्राप्त भए पछि प्रकाशन गरिएको पुस्तकको बजार व्यवस्थापन, मार्केटिंङ्ग, सहमति गरिएको प्रचार प्रसार, विमोचन आदिको कामलाई प्रकाशक स्वंयमले आफ्नो योग्यता, क्षमता र विवेक अनुसार कार्य गर्नेछ । विक्री वितरणबाट प्राप्त हुने लाभांशको १५% पुस्तक विक्री हुञ्जेल वा विक्री भएको लगतै लेखक/सर्जक तपाँईलाई नियमित रुपमा प्रदान गरिने गराइने छ । पुस्तकले बजारमा पाठकबाट प्राप्त गरेको उत्साह, प्रतिक्रिया र सो बाट उत्पन्न सबैखाले उपलब्धीलाई तपाँई लेखक/सर्जक लाई नियमित रुपमा जानकारी गर्ने/गराइने छ । यो प्रकृया मन पर्यो ? मन परेमा यो बटनलाई दबाउनुहोस् र यसमा समाहित फर्म भरी हामीमा संप्रेषण गर्नुहोस् ।
Click Hereनोटः (अनुवाद गर्ने गराइने र प्रकाशन गर्ने गराइने क्रममा सर्जकसँग छुटै करार गर्ने गराइने छ । यो फारम भर्न अनिबार्य रहेको हुँदा फारम भरी शाहीछप नगरिएका पस्ताबनालाई पुस्तक प्रकाशनको लागि स्विकार्य नहुनेहुँदा कृपया यो फारम भारी हामीलाई सुचित गर्नुहुन अनुरोध छ। )
साझेदरी (५०%–५०% आधार) तपाँई एक सर्जक/लेखक हुनुहुन्छ र तपाँईको रचना/सिर्जनाले प्रकाशनको अवसर मिलाएको/मिलेको छैन र तपाँईको प्रकाशित हुन पूर्णतः योग्य छ र पुस्तक प्रकाशनका हरेक गतिविधिमा तपाँईको सहअस्तित्व र सहकार्यलाई महत्व दिन चाहनु हुन्छ र हाम्रो प्रकाश गृह र यसका वोर्डको प्रकृयागत निर्णयलाई रफ्तारमा ल्याउन चाहनु हुन्छ भने यो वर्ग तपाँईको लागी उत्तम हुने हुन्छ ।
यस वर्गमा तपाँईको लेखन÷सम्पादन, साजसज्जा र छपान तथा प्रचार÷प्रसार तथा विक्री वितरणका हरेक तप्कामा तपाँईको
सहभागिता ५०–५०% रुपमा वितरण हुनेछ र विक्री वितरणबाट उत्पन्न भएका सबैखाले नाफा र नोक्सानमा सहकर्मी सहयोगीको
रुपमा तपाँईको सहभागिता हुनेछ । यद्यपि स्तरीय प्रकाशनको प्रकृयामा दिनु पर्ने विज्ञता, सम्पादन र साजसज्जामा
आवश्यक बाहेक अन्य कुनै प्रकारका हस्तक्षेप स्वीकार्य हुनेछैन । पुस्तक प्रकाशन को पूर्व सञ्ध्यामा वोर्ड वा
हाम्रो प्रकाशन गृहसँग हनु गएको करार अनुरुप सबैकाम अक्षरंशः पालना गर्ने गराईनेमा दुबै पक्ष दृढ र निश्चिन्त रहनु
पर्ने छ । वितरक÷विक्रेतालाई दिइएको बजार छुटबाट प्राप्त सबै नाफा नोक्सान तपाँईको ५०% र प्रकाशनको ५०% हकदावी र
फाइदा लिइने÷दिइने छ । मन पर्यो ? यही वर्ग अनुसार प्रकाशनमा अघि बढ्ने हो ? हो भने यस बटनलाई थिच्नुहोस् र सो
सम्बन्धी फाराम भर्नुहोस् । Click Here
नोटः शुरुमा तपाँइको पुस्तक÷लेखन सिर्जनाको ३(तीन) च्याप्टर अनिवार्य रहने छ । प्रकाशित पुस्तक वा लेखकको सिर्जनालाई सार्वजानिक रुपमा वर्गिकृत गरिने गराइने छैन । यो फारम भर्न अनिबार्य रहेको हुँदा फारम भरी शाहीछप नगरिएका पस्ताबनालाई पुस्तक प्रकाशनको लागि स्विकार्य नहुनेहुँदा कृपया यो फारम भारी हामीलाई सुचित गर्नुहुन अनुरोध छ।
सर्बसम्पूर्ण (१००–०%) लेखक सर्जकको विचार र सिर्जनालाई जुनकुनै स्थितिमा समाजमा व्याप्त गर्ने गराउने यो वर्गका प्रकाशनको उद्देश्य रहेको छ । लेखक सर्जकले पुस्तक लेख्दैछु भन्ने वाक्यांश पष्फुट न हुनु नै एक उत्तम विचार हो । कसैले मैले त जीवनमा केही गर्न सकेको छैन भनी निराश रहेको भन्नु र सोही निराशाको बदलामा ।।।म त पुस्तक लेख्दैछु’ भन्नु नै समाजको लागि एक विशेष उपलब्धता हो ।
मानव सभ्यता र विकासको क्रमलाई मिहीन तरिकाले अध्ययन गर्ने हो भने पुस्तक लेख्ने, पढ्ने, पढाउने समाज नै अन्योन्याश्रित आधारमा विकसित, सभ्य र सम्पन्न रहेका हुन्छन् । जुन समाजमा लेखक, सर्जक र चिन्तकहरुको अनुशासित ।।।विचार’ छ्याप्छ्याप्ती व्याप्त छन् – त्यस्ता समाजहरु जानी नजानी सभ्य, सौम्य, विकसित र सम्पन्न रहेका हुन्छन् ।
कुनै पनि समाजमा पुस्तक लेख्नेहरु, छाप्नेहरु र पढ्ने पढाउनेहरु कहिल्यै पनि अधिक र ज्यादा हुन सक्दैनन् । समाजले जति धेरै लेखक÷सर्जकलाई जन्म दियो, समाज ले जति धेरै पुस्तक छाप्यो, पढ्यो, पढायो, त्यसै रुपमा समाज विकास र प्रगतिको पथमा अघि बढ्छन् ।
समाजमा लेखक÷सर्जक तथा पाठकहरुलाई अधिक रुपमा बढाउन सहयोग पु¥याउन यस वर्गको पुस्तक प्रकाशन समाजको लागि उत्तम
रहने हुन्छ । यसमा लेखन, भाषा सम्पादन र साजसज्जाको काम बाहेक अन्य हरेक काममा लेखक÷सर्जक स्वयं सम्पूर्ण रुपले
जिम्मेवार हुने हुँदा हाम्रो प्रकाशन गृहबाट छापिएका सबै व्यवहारिक पक्षमा तपाँई स्वयंको हकाधिकार कायम रहने हुन्छ
। हामीले हाम्रो प्रकाशन गृहको मान्यता, अवधारणा र स्तरलाई कमी कमजोरी हुन नदिई सो अनुसार छापिएका प्रकाशन भएका
पुस्तकका प्रकाशन प्रकृयामा लागेका सबै खालका दक्षतामा तपाँई स्वयंको हुने पुस्तकका प्रचार, प्रसार, विक्री वितरण
तथा नाफा नोक्सान आदिका सबैका काममा तपाँई स्वयंको १००% अपनत्व हुनेछ । हामी तपाँईको लेखकीय क्षमतालाई समाजमा
स्तरीय ढंगमा प्रस्तुत गर्न आवश्यक पर्ने सम्पादन, छपान आदिको काममा सहयोग पु¥याउने छौँ । अरुमा तपाँईमा शतप्रतिशत
अपनत्व प्रदान गरिने छ । तपाँईलाई समाजमा एक लेखक सर्जक हुन पुग्नु भएकोमा स्तरीय प्रकाशन कार्यमा हामी सहयोग
पु¥याउन हरहमेशा तत्पर रहने छौँ । तपाँईलाई मन पर्यो । मन परेमा बटन थिच्नुहोस् र फाराम भरी हामीलाई प्रेशित
गर्नुहोस् । Click
Here
नोटः शुरुमा तपाँइको पुस्तक÷लेखन सिर्जनाको ३(तीन) च्याप्टर अनिवार्य रहने छ । प्रकाशित पुस्तक वा लेखकको सिर्जनालाई सार्वजानिक रुपमा वर्गिकृत गरिने गराइने छैन । यो फारम भर्न अनिबार्य रहेको हुँदा फारम भरी शाहीछप नगरिएका पस्ताबनालाई पुस्तक प्रकाशनको लागि स्विकार्य नहुनेहुँदा कृपया यो फारम भारी हामीलाई सुचित गर्नुहुन अनुरोध छ।
कृति : याद हराएको मान्छे
विधा : जीवनी/गुञ्जित गीति संगालो
लेखक : होम परिवाग ©
प्रकाशक : सोसाइटी बुक्स् नेपाल (नेपाल बूक्स पुब्लिशर्स प्र.लि. को एक प्रछाप - २०७९ )
प्रथम प्रकाशक : रत्न पुस्तक भण्डार,
ISBN: 978-9937-1-3519-1
प्रथम संस्करण : जेष्ठ, २०४८ (प्रतिः 1100)
Market Price: Rs. 650
कृति : यात्राहरु नारायण गोपालका
विधा : जीवनी/गुञ्जित गीति संगालो
लेखक : होम परिवाग
प्रथम प्रकाशक : रत्न पुस्तक भण्डार,
प्रथम संस्करण : जेष्ठ, २०४८ (प्रतिः 1100)
Market Price: Rs. (1 प्रतिः 499),
(2 प्रतिः 700)